निर्वाचन सुधारका विषयमा राजनीतिक दलसँग आयोगको छलफल
निर्वाचन आयोगले निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग छलफल गरेको छ। छलफलका लागि चौबीस वटा राजनीतिक दललाई बोलाइएको थियो । कार्यक्रममा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्ने, बदर मत न्यूनीकरण गर्ने, मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक बनाउने, विदेश तथा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने, निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्ने तथा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ

