ईश्वरीको घोषणा : सहमहामन्त्रीमा उम्मेदवारी दिन्छु, नत्र केन्द्रीय सदस्य पनि लड्दिनँ
नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएकी छिन् ।असोज १८ गतेबाट हुने महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री लड्ने तयारीमा आफू रहेको उनले बताइन् ।उनले केन्द्रीय सहमहामन्त्री पदमा निर्वाचन लड्न नपाए त्यसभन्दा मुनिको पदमा निर्वाचन नलड्ने पनि जानकारी दिइन् ।‘तीन पटक केन्द्रीय सदस्य भइसकेँ,’ उनले भनिन्, ‘सहमहामन्त्री पदमा निर्वाचन लड्छु । नभए कुनै पनि पदमा चुनाव लड्दिनँ ।’न्यौपाने विशेष महा
