Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

कन्टेन्ट क्रिएटर सुजाता श्रेष्ठले ब्रान्डको भुक्तानी नगर्ने प्रवृत्तिको आलोचना गरिन्

कन्टेन्ट क्रिएटर तथा कमेडियन सुजाता श्रेष्ठले काम लगाएर महिनौँसम्म पारिश्रमिक नदिने ब्रान्ड, एजेन्सी तथा रियालिटी शो आयोजकहरूप्रति सार्वजनिक आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा भिडियो र अडियो सार्वजनिक गर्दै उनले फ्रिलान्सर, भिडियो क्रिएटर र पडकास्टरहरूलाई काम लगाएर भुक्तानीमा वर्षौं झुलाउने प्रवृत्तिको विरोध गरेकी हुन् । ब्रान्डहरूले आफूजस्ता कन्टेन्ट क्रिएटरलाई हेपाहा व्यवहार गरेको उनको गुनासो छ । यस्तै कारणले मान्छेले देश छाड्ने अवस्था आएको भन्दै उनले आफू पनि विदेशिने सोचमा रहेको बताएकी छन् ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstNepal Press logoNepal Press

समयमा भुक्तानी नगरेको भन्दै ब्राण्डहरुमाथि खनिइन् सुजाता श्रेष्ठ, विदेशिने सोचमा

काठमाडौं । काम लगाएर महिनौँसम्म पारिश्रमिक नदिएको भन्दै कन्टेन्ट क्रियटर तथा कमेडियन सुजाता श्रेष्ठले ब्रान्ड, एजेन्सी तथा रियालिटी शो आयोजकहरूप्रति कडा आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा एक अडियो सार्वजनिक गर्दै उनले फ्रिलान्सर, भिडिओ क्रियटर र पडकास्टरहरूलाई काम लगाएर भुक्तानी (पेमेन्ट) मा वर्षौंसम्म झुलाउने प्रवृत्तिविरुद्ध आवाज उठाएकी हुन् । काम लिने बेलामा अनेकौँ सर्त […]

Coverage

1 more headline since

  1. ब्रान्डले हेपेको भन्दै आक्रोशित ‘कन्टेन्ट क्रिएटर’ सुजाता : यस्तै कुराले मान्छेले देश छाड्छ

    काठमाडौं । अहिलेकी चर्चित ‘कन्टेन्ट क्रिएटर’ सुजाता श्रेष्ठले काम गराएर पारिश्रमिक नदिने ब्रान्डहरूप्रति गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनी ती ब्रान्डप्रति खनिएकी छन् । आफूजस्ता स्वतन्त्ररुपमा सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएसन गर्दै आएका व्यवसायिक ब्रान्डले हेपाहा व्यवहार प्रदर्शन गरेको गुनासो उनको छ । आफूमात्र होइन, अन्य कन्टेन्ट क्रिएटरप्रति पनि ब्रान्डले यस्तै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.