चर्को ध्वनिसहित मोटरसाइकल चलाउने ८८२ वटा कारबाहीमा
स्वरूप परिवर्तन (मोडिफाइड) गरी चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ८८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।गत वर्ष असोजदेखि सुरु गरिएको अभियानअन्तर्गत ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले


