पाँच वर्ष बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी सरकार पाँच वर्षसम्म पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्ने बताएका छन् ।रास्वपाको केन्द्रीय समिति बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार सञ्चालन गर्ने विषयमा आफूहरू स्पष्ट रहेको बताएका हुन् ।उनले पाँच वर्षसम्म शाहकै नेतृत्वमा सरकार सञ्चालन गर्न आफू तयार रहेको भन्दै त्यसका लागि लिखित प्रतिबद्धता वा ल्याप्चे नै लगाउनुपरे पनि तयार रहेको बताएको एक केन्द्रीय सदस्यले बताए ।लामिछानेले सरकारको नेत
