
स्रोत नजुट्दा पोखरा महानगरको भवन निर्माणमा अलमल
पोखरा । पोखरा महानगरपालिका पूर्णरुपमा जलेको एक वर्ष पूरा भइसकेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले देशभर विध्वंस मच्चाउँदा पोखरा महानगरपालिकाको भवन पनि जलाइयो । पोखराको न्यूरोडस्थित महानगरको भवन जलेपछि अहिले नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा भाडामा महानगरको प्रशासकीय काम चलिरहेको छ । मासिक ७ लाख ५४ हजार रुपैयाँ […]
