रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढाउने जेलेन्स्कीको चेतावनी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अपनाएको भन्दै त्यसको जवाफमा रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने चेतावनी दिएका छन् ।रोयटर्ससँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोअघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दाबी गरे ।उनका अनुसार उक्त नीतिअन्तर्गत पूर्वाधार, ढुवानी तथा रसद प्रणाली, स
