Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 21 min ago

स्थानीय चुनावपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने नेकपाको तयारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। मंसिरमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकाल्दै नेकपाले यसअघि मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको जनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाउनुभएको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुनेछ।

3 publishers · 4 headlines · 2 in 24h · developing over 2d 22h
Broke firstNepal Press logoNepal Press

प्रचण्डले पार्टीको बैठक बोलाए, झलनाथको अभियानबारे पनि छलफल हुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २३ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताए । उनका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे छलफल हुने उनले बताए। उनले भने, ‘महाधिवेशन र पार्टीको […]

Coverage

3 more headlines since

first · 3d agolatest · 33 min ago
  1. नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

    बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।

    OnlineKhabar logoOnlineKhabarPrivate4 publishers
  2. नेकपा संयोजन समिति बैठक भोलि, झलनाथको अभियानबारे छलफल हुने

    काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न भोलि(शुक्रबार) केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशनको कार्यविधिको साथै वरिष्ठ नेता झलनाथ खनालले घोषणा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. स्थानीय तहको चुनावपछि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने नेकपाको तयारी

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेबारे छलफल भएको छ। मंसिरमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकाल्दै नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन लागेको हो। यसअघि नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर त्यो महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। महाधिवेशनबारे निर्णय लिनको लागि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.