नर्वेः स्मार्ट चश्मामा आंशिक प्रतिबन्ध लगाउने तयारी
नर्वे सरकारले सोमबार केही सार्वजनिक स्थानमा स्मार्ट चश्मा प्रयोगमा अस्थायी प्रतिबन्ध लगाउने सम्भावना व्यक्त गरेको छ । विशेष गरी मानिसहरूलाई थाहै नदिई फिल्म वा तस्बिर खिच्ने समस्याजस्ता गोपनीयतासम्बन्धी चिन्ताका कारण यो प्रतिबन्ध लगाउने तयारी भएको हो ।यो प्रतिबन्ध पार्क, समुद्र तट, सङ्ग्रहालय, सपिङ सेन्टर, विद्यालय, दिवाकालीन रेखदेख केन्द्र, स्वास्थ्य संस्था, जिम र सार्वजनिक कार्यक्रमहरूमा लागू हुन सक्छ ।अल्पमतको सरकार चलाएको श्रम पार्टीले प्रस्तावित प्रतिबन्ध पारित गर्न अन्य दलहरूको समर्थन आवश्य
