
कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खस–आर्य समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।