एआईजी वंशीसँग कनेक्सन देखिएका बिचौलिया हिरासतमा
२० असोज, काठमाडौं । गोप्य र संवेदनशील सूचनाहरू चुहाएको आरोपमा निलम्बन गरेर छानबिन सुरु गरिएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग कनेक्सन देखिएका बिचौलिया इनम सापकोटा प्रहरी हिरासतमै रहेको खुलेको छ । उनी अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेको पाइएको छ । परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले सापकोटा हिरासतमै रहेको पुष्टि गरे । […]
