Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 5h ago

प्रभु बैंकका सिइओ सुमन शर्माले पर्सा अदालतमा आत्मसमर्पण गरे

फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् र हाल उनी प्रहरी नियन्त्रणमा छन्। उनको मुद्दा पर्सा जिल्ला अदालतमा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको छ। सोही इजलासमा आज थुनछेक बहस हुँदै छ, जसमा उनलाई पूर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ। शर्माविरुद्धको मुद्दा तत्कालीन सनराइज बैंकसँग सम्बन्धित रहेको बताइएको छ।

3 publishers · 6 headlines · 6 in 24h · developing over 10 hours
Broke firstArtha Sarokar

प्रभु बैंकका सिइओ सुमन शर्माले गरे ‘आत्मसमर्पण’, अहिले प्रहरी नियन्त्रणमा, अदालतमा आजै थुनछेक बहस !

काठमाडौँ । फौजदारी केसको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएसँगै ‘फरार’ रहेका प्रभु बैंकका सिइओ सुमन शर्माले आत्मसमर्पण गरेका छन् । पक्राउ गर्न प्रहरीले खोजिरहेका उनी आज जिल्ला अदालत पर्सा उपस्थित हुनेगरी आत्मसमर्पण गरेका हुन् । पक्राउ पुर्जी जारी भएपछि उनी भागेका थिए । हाल उनी प्रहरी नियन्त्रणमा छन् भने केही बेरमा अदालत उपस्थितContinue reading "प्रभु बैंकका सिइओ सुमन शर्माले गरे ‘आत्मसमर्पण’, अहिले प्रहरी नियन्त्रणमा, अदालतमा आजै थुनछेक बहस !"

Coverage

5 more headlines since

first · 16h agolatest · 5h ago
  1. प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई पर्सा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। उनीविरूद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा दर्ता भएको थियो। सोही मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतको न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो। शर्मा सनराइज बैंकको प्रमुख कार्यकारी […]

  2. प्रभु बैंकका सिइओविरुद्धको मुद्दामा अदालतको आदेश- ‘अहिले नै निज कसुरदार होइनन् भन्न सक्ने स्थिति देखिएन’

    काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा धरौटीमा रिहा भएका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा प्रहरी नियन्त्रणमा रहेका शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । सोही आदेश अनुसार शर्मा धरौटीमा रिहा भएकाContinue reading "प्रभु बैंकका सिइओविरुद्धको मुद्दामा अदालतको आदेश- ‘अहिले नै निज कसुरदार होइनन् भन्न सक्ने स्थिति देखिएन’"

  3. प्रभु बैंकका सीइओ सुमन शर्मालाई धरौटीमा छोड्न अदालतको आदेश, ‘म कुनै निर्णयमा सहभागी छैन’

    काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइएको छ। पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो। उनी मंगलबार अदालतमा हाजिर भएका थिए। उनी विरुद्ध ८९ लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघातमा पर्सा अदालतमा असोजको पहिलो साता मुद्दा दायर भएको थियो। […] The post प्रभु बैंकका सीइओ सुमन शर्मालाई धरौटीमा छोड्न अदालतको आदेश, ‘म कुनै निर्णयमा सहभागी छैन’ appeared first on BIZMANDU.

    BizmanduPrivatecontent6 publishers
  4. ब्रेकिङ्गः प्रभु बैंकका सिइओ २ लाख धरौटीमा रिहा, बाहिरै बसेर मुद्दा लड्न पाउने !

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धरौटीमा रिहा भएका छन् । तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा स्वीकृत गरेको, कर्जा नदिएको तर धितो लिलाम गरेको प्रकरणमा पक्राउ परेका सुमन शर्मा २ लाख धरौटीमा रिहा भएका हुन् । पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई २ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । Continue reading "ब्रेकिङ्गः प्रभु बैंकका सिइओ २ लाख धरौटीमा रिहा, बाहिरै बसेर मुद्दा लड्न पाउने !"

  5. अपडेटः प्रभु बैंकका सीइओको मुद्दा देवीकुमारी चौधरीको इजलासमा !

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माको मुद्दा देवीकुमारी चौधरीको इजलासमा परेको छ । मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शर्माको मुद्दा पर्सा जिल्ला अदालतमा चौधरीको इजलासमा परेको हो । चौधरीको इजलासमा शर्मालाई पूर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ । शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमाContinue reading "अपडेटः प्रभु बैंकका सीइओको मुद्दा देवीकुमारी चौधरीको इजलासमा !"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.