
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
लमजुङ । कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक...ढुक...’ आवाजले बिउँझाउथ्यो । झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ
