मन्त्रीलाई नै 'गुमराह'मा राखेर निजी सचिवको चलखेलले उद्योग मन्त्रालयमा खैलाबैला
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिवहरूको सरुवालाई लिएर विवाद चुलिएको छ ।मन्त्री दीपककुमार साहलाई जानकारी नै नदिई उनको नाम प्रयोग गरेर १३ जना उपसचिवको सरुवा गराउन खोजिएको र त्यस क्रममा आर्थिक लेनदेनसमेत भएको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा उजुरी परेपछि मन्त्रालयभित्रको सरुवा प्रक्रिया विवादमा तानिएको हो ।मन्त्रालयकै एक उच्च तहका कर्मचारीका अनुसार मन्त्रीकी निजी सचिव सन्ध्या सिग्देलले ‘मन्त्रीज्यूले भन्नुभएको छ’ भन्दै
