
ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी
एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरतामा असर पार्ने चेतावनी दिएका छन्। ग्रिसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँग एथेन्समा भएको संयुक्त पत्रकार सम्मेलनमा रुबियोले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग विकास गर्न तथा भूराजनीतिक हस्तक्षेपबाट ऊर्जा प्रवाह सुरक्षित राख्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। […]

