बाढीबाट क्षतिग्रस्त तनहुँका सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ
तनहुँ- हालैको बाढीबाट सार्वजनिक संरचनामा क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ। केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन्। समितिले क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतको प्रक्रिया थालेको छ। […]
