रुसको यान्डेक्स डेटा सेन्टरमा युक्रेनले गर्यो ड्रोन आक्रमण, ट्रम्पले भने- जेलेन्स्कीलाई हटाउनुपर्छ
युक्रेनले रुसको प्रविधि कम्पनी यान्डेक्सद्वारा सञ्चालित प्रमुख डेटा सेन्टरमा शुक्रबार ड्रोन आक्रमण गरी त्यसको केही भाग निष्क्रिय बनाएको छ । रुसले युक्रेनका डेटा सेन्टरमा आक्रमण गरेको भन्दै त्यसको प्रतिकारमा युक्रेनले रुसभित्रका डिजिटल पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको हो ।रुसको ‘गुगल’ भनेर समेत चिनिने यान्डेक्सले मस्कोको दक्षिणपश्चिममा रहेको कालुगा क्षेत्रमा आफ्नो डेटा सेन्टर युक्रेनी ड्रोनको आक्रमणमा परेको र आंशिक रूपमा सञ्चालनबाहिर गएको जनाएको छ । युक्रेनी हतियार निर
