
दसैँको रौनक : सुनसरीको सोमबारे हाटमा खसीबोका खरिद गर्नेको घुइँचो
सुनसरी । दसैँ नजिकिएसँगै सुनसरीको इनरुवा–३ स्थित सोमबारे हाटमा खसीबोका किन्नेहरूको ठुलो भीड लागेको छ। दसैँको घटस्थापनाको भोलिपल्ट आज सोमबार जिल्लाका विभिन्न पालिकाबाट आएका सर्वसाधारण खसीबोका खरिद गर्न हाट पुगेका हुन्। हाटमा बिक्रीका लागि ल्याइएका साना पाठापाठीको
