
फेरिएको दाप्चाः पहिले गुल्जार, आजकल सुनसान (तस्बिरहरु)
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ स्थित दाप्चा बजार । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र दाप्चा बीपी राजमार्ग निर्माण र बसाइँसराइँका कारण आजकल सुनसान प्रायः छ । बजार सुनसान भएपनि यहाँका पुराना घर, गल्ली र संस्कृतिले इतिहासको झल्को दिन्छन् ।
