
महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्। बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा




