रानीबारीबाट स्कुटर चोरी गर्ने दुई जना नयाँ बसपार्कबाट पक्राउ
काठमाडौंको रानीबारीबाट स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटरसहित दुई जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार गत भदौ १४ गते बिहान १ बजेदेखि ५ बजेसम्म काठमाडौं महानगरपालिका–२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको होन्डा डिओ स्कुटर चोरी भएको थियो ।घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरीले असोज ३० गते साँझ ६:३० बजे काठमाडौंको ता
