फ्रान्समा हिंसा नियन्त्रण गर्न आंशिक कर्फ्यु लगाउने प्रधानमन्त्रीको घोषणा
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशभर भएका हिंसात्मक प्रदर्शनपछि सोमबार स्थानीय प्रशासनलाई सोमबार साँझदेखि आंशिक कर्फ्यु लगाउन आग्रह गरेका छन् ।पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री लेकोर्नुले सार्वजनिक व्यवस्था पुनःस्थापित गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । आवश्यक ठानिएमा आपत्कालीन अवस्था घोषणा गर्न सकिने उल्लेख गर्दै उनले तत्कालका लागि आंशिक कर्फ्यु उपयुक्त हुने धारणा राखेका हुन् ।तर, कुन–कुन शहरमा कर्फ्यु लगाइनेछ र त्यसको स्वरूप कस्तो हुनेछ भन्नेबारे उनले खुलाएनन



