हुथी आक्रमण बढेपछि साउदीबाट केही कूटनीतिज्ञ फिर्ता बोलाउँदै अमेरिका
यमनका हुथी विद्रोहीले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगबाट केही कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई फिर्ता हुन आदेश दिएको छ ।अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा कार्यरत गैर–आपत्कालीन अमेरिकी सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई फिर्ता हुन निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । यससँगै मध्यपूर्वका अन्य अमेरिकी नियोगबाट पनि कर्मचारीका परिवारका सदस्यलाई फिर्ता बोलाउने तयारी भइरहेको जनाइएको छ ।अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता

