कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्ने, मौसम पूर्वानुमान महाशाखाले के भन्यो ?
बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने सम्भावना रहेकाले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको पोष्ट मनसुन विशेष मौसम बुलेटिनअनुसार शुक्रबार बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको हो ।उक्त मौसम प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । चक्रवात
