ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक
ग्राहकका बैंक खातामा पहुँच राखेर कारोबार गर्न सक्ने तेस्रो पक्षका कृत्रिम बौद्धिकता (एआई) एजेन्टलाई अमेरिकी बैंकहरूले रोक्न थालेका छन् ।एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनबिनै कारोबार गर्न खोजेको विवरण सार्वजनिक भएपछि बैंकहरूले यस्तो कदम चालेका हुन् ।रोयटर्सका अनुसार अमेरिकी बैंकिङ क्षेत्रमा एआई एजेन्टको प्रयोगबाट ग्राहकको सम्पत्ति र समग्र बैंकिङ प्रणालीमा जोखिम उत्पन्न हुन सक्ने चिन्ता बढेको छ । यसैलाई ध्यानमा राख्दै ठूला बैंकहरूले आफ्नो प्रणालीमा बाह्य एआई एजेन्टको पहुँच नियन्त्रण गर्न थ
