कङ्गोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला प्रकोपबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४ हजार ८८७ जनाको मृत्यु भएको छ ।मङ्गलबार सार्वजनिक तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये मृत्युदर ४८ दशमलव ६ प्रतिशत रहेको छ । मे महिनामा सुरु भएको यो प्रकोप कङ्गोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको छ ।पूर्वी प्रान्त इतुरी प्रकोपको मुख्य केन्द्र बनेको छ ।
