मोइनको साथ पाएको पूर्वच्याम्पियन जनकपुरविरुद्ध डेभिड मिलरको आगमनले उत्साही कर्णालीको हुँकार
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा मंगलबार जकनपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ ।जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा–रात्री रूपमा १७:०० बजे शुरू हुनेछ ।एनपीएलको इतिहासमा जनकपुर बोल्ट्सको इतिहास निकै उतार–चढावपूर्ण छ । जनकपुरले अब्बल प्रदर्शनसहित पहिलो संस्करणको उपाधि नै चुमेको थियो ।तर, एनपीएलको दोस्रो संस्करणमा जनकपुरको प्रदर्शनमा नाटकीय परिवर्तन देखिएको थियो । दोस्रो संस्करणमा जनकपुर केवल एक खेल जित्दै लिग

