
चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिमका उपकरण सहयोग
काठमाडौं। नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक सीप विकासका लागि आवश्यक तालिम उपकरण सहयोग गरेको छ। उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल, पाल्पा रहेका छन्। […]
