सिक्किमकी १४ वर्षीया प्रिस्कालाई ‘जुनियर द पोएट आइडल’ को उपाधि
कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन् ।आफ्ना गहन भावना, व्यक्तिगत अनुभव र मौलिक सोचलाई उत्कृष्ट कवितामार्फत प्रस्तुत गर्दै प्रिस्काले उपाधि चुम्न सफल भएकी हुन्।प्रतिस्पर्धाभरि कविताप्रतिको समर्पण, निरन्तरको मेहनत र सशक्त मञ्च प्रस्तुतिले उनलाई निर्णायक तथा दर्शक दुवैको मन जित्न मद्दत गरेको आयोजकले जनाएको छ । अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पा
