
इनम सापकोटा प्रकरणबारे रास्वपा सांसद भन्छन्– प्रधानमन्त्री सचिवालयको छानबिन गर्नुपरे पनि निर्मम हुन्छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले न्यायपालिकामा देखिएको बेथिति र बिचौलियाको प्रभाव अन्त्य गर्न कठोर कदम चाल्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिचौलिया इनम सापकोटा प्रकरणमा संलग्न भएको आरोप लागेका न्यायाधीशहरूमाथि महाअभियोग प्रस्ताव ल्याउने विषयमा पार्टीभित्र छलफल भइरहेको बताए। न्यायालयप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै न्यायपालिकाको शुद्धीकरणका […]




