
रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ
काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय बिरेन्द्र शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले […]

