Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

पृथ्वी राजमार्ग सीमलधारामा पहिरो, सडक एकतर्फी अवरुद्ध

शनिबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका–४, मुग्लिन बजारनजिकै सीमलधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छ्याएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउन तीनवटा मेसिन परिचालन गरिएको छ। साथै सुरक्षाकर्मी तथा कामदार खटाइएको छ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पृथ्वी राजमार्गको सीमलधारामा पहिरो, सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत सीमलधारामा आज दिउँसो पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४, मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो । अहिले सडक दुईतर्फी सञ्चालनमा ल्याउन तीन वटा मेसिन

story2 publishers
Coverage

1 more headline since

  1. पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

    चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा शनिबार दिउँसो खसेको पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण सडक एकतर्फी अवरुद्ध भएपछि दुईतर्फी यातायात सञ्चालनमा ल्याउन तीनवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो पन्छाउन सुरक्षाकर्मी तथा कामदार परिचालन गरिएको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.