एचआईभी रोकथामको सस्तो जेनेरिक सुईलाई अमेरिकी स्वीकृति
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले एचआईभी संक्रमण रोकथामका लागि वर्षमा दुई पटक लगाइने लेनाकापाभिरको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ।भारतीय औषधि उत्पादक कम्पनी डा. रेड्डीज ल्याबोरेटरीजले सोमबार स्वीकृतिबारे जानकारी दिएको हो। यससँगै कम आय भएका देशहरूमा औषधिको पहुँच सहज हुने अपेक्षा गरिएको छ।सन् २०२५ मा भएको मूल्य सम्झौताअनुसार यो औषधि १२० देशमा प्रतिव्यक्ति वार्षिक ४० अमेरिकी डलरमा उपलब्ध गराउने लक्ष्य छ। अमेरिकी कम्पनी गिलियडले विकास गरेको लेनाकापाभिर वर्षमा दुई पटक सुईमार्फत द
