
सोमपालले लिए वार्नरको विकेट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले काठमाडौंका ओपनर डेभिड वार्नरलाई आउट गरेका हुन्। वार्नर ९ बलमा १६ रन बनाएर आउट भए।
