
वायुयानका पार्टपुर्जा आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै
काठमाडौँ। वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया सहज बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच बुधबार सम्झौता भएको छ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) मार्फत सेवा प्रवाह गर्ने उद्देश्यले दुई निकायबिच सम्झौता भएको हो
