Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 54 min ago

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचनमाथि संसदीय सुनुवाइमा प्रश्न

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनले बिहीबार काठमाडौंमा भएको संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले २३ वटा लिखित प्रश्न राखेका थिए भने नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायपालिकाको सुधार, स्वतन्त्रता र न्याय सम्पादनको प्रभावकारिताबारे चार प्रश्न गरेकी थिइन् । जवाफमा बागचनले आफ्नो काम र प्रतिबद्धतामा तलमाथि भए आफैं पदबाट हट्ने बताउँदै यो जन्ममा कुनै कलंक लिएर नजाने प्रतिबद्धता जनाएका छन् ।

3 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई पद्मा अर्यालका चार प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायपालिकाको सुधार, स्वतन्त्रता र न्याय सम्पादनको प्रभावकारिताबारे चारवटा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइका क्रममा अर्यालले बागचन्दले प्रस्तुत गरेको कार्ययोजना वस्तुपरक रहेको उल्लेख गर्दै न्यायपालिकाभित्र विद्यमान समस्या समाधानमा उनको दृष्टिकोण र भूमिका के हुने भन्नेबारे जिज्ञासा राखेकी हुन् । […]

Coverage

4 more headlines since

first · 4h agolatest · 1h ago
  1. ‘संविधानले दिएको जिम्मेवारी अक्षरश: पालना गर्छु’

    काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सवै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफू प्रतिवद्ध रहेको बताए। फैसला कार्यान्वयनमा हुने असहयोगप्रति […]

  2. संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द

    काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सवै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफु प्रतिवद्ध रहेको बताएका हुन् । फैसला […]

  3. प्रस्तावित न्यायाधीश बागचनको प्रतिबद्धता– यो जन्ममा कुनै कलंक लिएर जाने छैन

    २० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आफ्नो काम र प्रतिबद्धतामा तलमाथि भए आफैं पदबाट हट्ने बताएका छन् । न्यायाधीशको जिम्मेवारीमा रहेर न्यायिक आचरण र पदको गरिमा कायम गर्न नसके सेवाबाट अलग हुनुपर्ने उनको भनाइ छ । ‘इफ आइ ह्याभ डन रङ, आइ […]

  4. प्रस्तावित न्यायाधीश बागचनलाई रास्वपा सांसद चौलागाईंले सोधे २३ प्रश्न

    २० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनलाई विभिन्न २३ वटा प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश बागचनको कार्ययोजना सुनेपछि सांसद चौलागाईंले लिखित रूपमा लिएर आएको २३ वटा प्रश्नको ब्याख्यासहित प्रस्तुत गरेका हुन् । यस्ता छन् चौलागाईंका प्रश्न : १. फैसला कार्यान्वयन कसरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.