Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 59 min ago

रास्वपाले उम्मेदवारका आकांक्षीलाई ७ बुँदे निर्देशन जारी गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन जारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले विधि, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट आन्तरिक लोकतन्त्र स्थापित हुने भन्दै निर्देशन जारी गरेका हुन् । निर्देशनअनुसार कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा गर्न नहुने र सबै तहका नेतृत्व, सदस्य तथा आकांक्षीले पार्टी विधान, स्वीकृत कार्यविधि र आचारसंहिता पालना गर्नुपर्नेछ । आचारसंहिता उल्लङ्घन गरे सदस्यता खारेजसम्मको कारबाही हुने चेतावनी दिइएको छ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

रास्वपा निर्वाचन आयोगद्वारा ७ बुँदे निर्देशन जारी : आचारसंहिता उल्लङ्घन गरे सदस्यता खारेजसम्मको कारबाही हुने चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ । आयोगका प्रमुख

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको ७ बुँदे निर्देशनमा के छ ?

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन, आन्तरिक निर्वाचन र उम्मेदवार छनोट प्रक्रियामा सहभागी सबैलाई सात बुँदे निर्देशन जारी गरेको छ । विभागका प्रमुख भुवन केसीद्वारा जारी निर्देशनमा पार्टी विधान र आधिकारिक निर्देशन विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख छ ।

    Nepal Lead logoNepal LeadPrivatedetail4 publishers
  2. उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

    २० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन जारी गरेका हुन् । जसमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार […]

  3. उम्मेदवारका आकाङ्क्षीलाई रास्वपाको ७ बुँदे कडा निर्देशन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहका निर्वाचनका उम्मेदवारका आकाङ्क्षीलाई ७ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले आन्तरिक लोकतन्त्रको विश्वसनीयता विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट स्थापित हुने भन्दै निर्देशन जारी गरेका हुन् । रास्वपाका सबै तहका नेतृत्व, सदस्य तथा आकाङ्क्षीहरूलाई पार्टी विधान, स्थापित कार्यविधि र आचारसंहिताको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.