Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 4d ago

कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही भएको कांग्रेसको आरोप

Nepali Congress Calls Karki Commission Report Incomplete, Biased

Publishers
6
Articles
6
Last 24 h
4
Span
3d 23h
Updated
4h ago
What multiple outlets are saying

नेपाली

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही भएको बताएका छन्। हेटौंडामा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे। नेपाली कांग्रेसले सरकारले प्रतिवेदन विधिपूर्वक सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाउँदै नयाँ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।

English

Nepali Congress President Gagan Kumar Thapa has stated that the report of the Karki Commission — formed to investigate the Gen-Z protests of Bhadra 23 and 24 — is incomplete and biased. Speaking at a Bagmati Province-level election review programme organised by the Nepali Congress Central Committee in Hetauda, Thapa called for an independent and impartial investigation into the events. The party has also demanded the formation of a new high-level judicial commission and criticised the government for not publicly releasing the commission's report through proper procedure.

Broke on K cha khabarNepal Press logoNepal Press

कार्की आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी भएको कांग्रेसको ठहर (भिडिओ)

नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र आलाेनात्मक रहेको निष्कर्ष निकाल्दै भदौ २४ गतेका घटनाको छानबिनका लागि नयाँ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

Coverage

5 more headlines since

  1. 3–12 hours ago
    1. कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

      मकवानपुर, वैशाख ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानविनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ...

    2. कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र अपूरो : गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्रही भएको बताएका छन् ।कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौंडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैरकानूनी

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    3. कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही: गगन

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    4. कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

      मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए […]

  2. Older
    1. कार्की आयोगको प्रतिवेदन विधिपूर्वक सार्वजनिक नगर्नु सरकारको हेपाहा प्रवृत्ति हो- कांग्रेस

      नेपाली कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाएको छ।

      Setopati logoSetopatiPrivatepolitics6 publishers