
सुकुम्बासीको नाममा गरिबमाथि राज्यको निर्मम प्रहार
काठमाडौं। पछिल्लो समय बुटवल, पोखरा र वीरगञ्जको सुकुम्बासी क्षेत्रमा देखिएका दृश्यले पीडादायी यथार्थ उजागर गरिरहेको छ । ‘सरकारी जग्गा अतिक्रमण’ को नाममा वर्षौंदेखि त्यहीँ बस्दै आएका गरिब, विपन्न र सुकुम्बासी परिवारमाथि राज्यले चलाएको डोजर केवल संरचना भत्काउने यन्त्र बनेन, त्यो उनीहरूको सपना, आशा र अस्तित्वमाथि चलेको निर्मम प्रहार बनिरहेको छ । विकल्पको कुनै ढोका नखोली, […]


