राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी
राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कैलाली जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभा सदस्य रहेका पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी, योगेन्द्र तिमिल्सिनाले सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको जानकारी दिए । डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बै
