Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 3h agolast: 12 min ago

रामबहादुर थापाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

Speaker Orders Removal of Ram Bahadur Thapa's Remarks from Parliament Record

सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले प्रतिनिधिसभामा व्यक्त गरेका असंसदीय शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य विषयमा गर्नुभएको टिप्पणीप्रति सांसद मनिष खनालले नियमापत्ति जनाउनुभएको थियो। सभामुख अर्यालले ती अभिव्यक्तिहरू प्रतिनिधिसभा नियमावलीको नियम २१ विपरीत रहेको ठहर गर्दै संसद् सचिवालयलाई हटाउन रुलिङ गर्नुभएको हो। यसअघि रास्वपाका सांसदहरूले थापाको भनाइप्रति गम्भीर असहमति व्यक्त गरेका थिए।

Speaker Dol Prasad Aryal has directed the Federal Parliament Secretariat to remove unparliamentary remarks made by CPN (UML) parliamentary party leader Ram Bahadur Thapa from the official record. The decision followed an objection raised by Rastriya Swatantra Party lawmaker Manish Khanal regarding Thapa's comments during a discussion on the government's policies and programs. Thapa had reportedly used controversial terms while referring to the Rastriya Swatantra Party and other movements during Tuesday's House of Representatives session. Speaker Aryal ruled that the expressions violated Rule 21 of the House of Representatives Regulations.

Summary by Jayaman

9publishers
11headlines
11in last 24h
Span: 2 hoursNE onlyUpdated 12 min ago
Covered by
+1
Broke on K cha khabarNepal Press logoNepal Press

एमाले संसदीय दलका नेता बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

Coverage

10 more headlines since

  1. Past hour
    1. सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

      काठमाडौँ, वैशाख ३० गते । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन...

    2. रामबहादुर थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

      सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए ।सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।सांसद खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरल

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    3. बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

      काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबारको संसद् बैठकमा बोलेका तीन शब्द रेकर्डबाट हटाउन लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र रमेश प्रसाईंले बादलको भनाइप्रति गम्भीर असहमति जनाउँदै बैठकमा नियमापत्ति गरेका थिए। त्यसपछि बुधबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्यालले बादलद्वारा मंगलबार भएको सम्बोधनका क्रममा तीनवटा […]

      Khabarhub logoKhabarhubPrivate11 publishers
    4. सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

      काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मंगलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए । सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन […]

      Khabarhub logoKhabarhubPrivate11 publishers
  2. 1–3 hours ago
    1. बादलको असंसदीय अभिव्यक्ति संसद् रेकर्डबाट हटाइयो

      काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै संसद् रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली विपरीत बोलेका शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा थापाले रास्वपा, जेनजी आन्दोलन र नेपाली सेनाबारे टिप्पणी गरेका थिए । उनले रास्वपालाई ‘अराजक भीड’ […]

    2. नेता थापाको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

      रामबहादुर थापा बादलले प्रतिनिधिसभामा बोलेका केही अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    3. एमाले–रास्वपा सवाल जवाफ : बादलको अभिव्यक्ति हटाउन सभामुखको रुलिङ

      काठमाडौँ । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच सवाल जवाफ भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एक अर्कोका अभिव्यक्तिलाई लिएर सांसदहरूबिच सवाल जवाफ चलेको हो । मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई

      Ratopati logoRatopatiPrivatestory11 publishers
    4. बादलले हिजो सदनमा बोलेका कुरा ‘संसदको रेकर्ड’ बाट हटाइयो

      काठमाडौँ : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा मङ्गलवार एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका कुरा संसद्को रेकर्डबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले मङ्गलवार थापाले बोलेको कुरा संसद्को रेकर्डबाट हटाएको जानकारी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives11 publishers
    5. बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

      सभामुख डीपी आर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलरबार प्रतिनिधिसभामा बोलेको कुरा रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।सभामुख आर्यालले बुधबार बादलको कुरा रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका हुन् । थापाले बोलेको विषयमा रास्वपाका सांसद मनिष खनालले मंगलबार नै रेकर्डबाट हटाउन नियमापत्ति गरेका थिए । सो कुरा सांसद खनालले बुधबार पनि स्मरण गराएका थिए । खनालले बोलेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्तिको लागि समय मागेका थिए । तर, सभामुख आर्यालले महरलाई समय

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    6. बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

      सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

Speaker Orders Removal of Ram Bahadur Thapa's Remarks from Parliament Record · K cha khabar