Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Maylast: 15 May

अख्तियार प्रमुखलाई धम्की दिएको आरोपमा प्रकाश पाठक कारागार चलान

काठमाडौं जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठकलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पाठकविरुद्ध परेको आपराधिक षडयन्त्र, असुली र संगठित अपराध लगायतका मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै थुनामा पठाउन आदेश दिएको हो। प्रहरीले उनलाई विद्युतीय कारोबार र हुण्डी कारोबारको कसुरमा समेत अनुसन्धान गरिरहेको छ।

Summary by Jayaman

5publishers
5headlines
Span: 1 hourNE onlyUpdated 15 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

अख्तियार प्रमुख राईलाई धम्की दिने पाठक कारागार चलान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिएर कारागार चलान गर्न आदेश दिएको हो ।पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।&

story5 publishers
Coverage

4 more headlines since

first · 15 Maylatest · 15 May
    1. उच्च पदस्थहरुको ज्यान लिने भन्दै धम्क्याउने पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

      काठमाडौं। उच्च पदस्थहरुको ज्यान लिने भन्दै धम्क्याउने प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पाठकसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

    2. प्रकाश पाठकलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश

      काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा मुद्दा दायर भएका प्रकाश पाठकलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश सुदर्शन

      Ratopati logoRatopatiPrivatestory5 publishers
    3. अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार

      काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई मार्ने धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको गम्भीरता, प्रस्तुत प्रमाण तथा घटनाको प्रकृति हेर्दा अभियुक्तलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने ठहर शुक्रबार गरेको हो। काभ्रेपलाञ्चोकको तेमाल […]

    4. अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

      १ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौं अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनपर्ने भन्दै यस्तो आदेश गरेका हुन् । उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो । उनलाई प्रहरीले […]

Court Sends Prakash Pathak to Jail for Threatening CIAA Chief · K cha khabar