फिस्टेल डेरीले फिर्ता गऱ्यो आइसक्रिमको एक ब्याच, उत्पादन र भण्डारणमा कडाइ
उक्त ब्याचबाहेक नोभा ब्रान्डका अन्य कुनै पनि उत्पादनमा गुणस्तरको समस्या नरहेको दाबी कम्पनीले गरेको छ।
पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो 'नोभा' ब्रान्डको चकलेट आइसक्रिमको एक निश्चित ब्याच बजारबाट फिर्ता गर्न सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादित १००० मिलिलिटरको 'CO2' ब्याचमा गुणस्तरसम्बन्धी कैफियत देखिएपछि कम्पनीले यो कदम चालेको हो। यस घटनापछि कम्पनीले उत्पादन प्रक्रिया र कोल्ड चेन अनुगमनमा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ। उक्त ब्याचबाहेक अन्य उत्पादनहरू सुरक्षित रहेको दाबी कम्पनीले गरेको छ।
Summary by Jayaman
उक्त ब्याचबाहेक नोभा ब्रान्डका अन्य कुनै पनि उत्पादनमा गुणस्तरको समस्या नरहेको दाबी कम्पनीले गरेको छ।
2 more headlines since

कास्की । पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा कैफियत देखिएपछि आन्तरिक गुणस्तर नियन्त्रण प्रणालीलाई थप मजबुत बनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादित चकलेट
नोभा आइसक्रिम उत्पादक फिस्टेल डेरी प्रालिले आफ्नो ‘नोभा’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको एक सीमित ब्याचको आइसक्रिम बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।कम्पनीले एक विज्ञप्ति जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिएको परीक्षणका क्रममा ‘नोभा चकलेट आइसक्रिम’ को १००० मिलिलिटर प्याकमा गुणस्तरसँग सम्बन्धित विषय देखिएको जानकारी प्राप्त भएको बताएको हो ।विज्ञप्तिअनुसार उक्त उत्पादनको ब्याच नम्बर 'CO2' रहेको छ भने उत्पादन मिति १९