
७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। यादवलाई एक उपभोक्ता समितिका अध्यक्षबाट ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा बर्दिबासबाट शुक्रबार पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले उनीमाथि थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
Summary by Jayaman

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।
4 more headlines since

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । सडक ढलान योजनाको भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार यादवबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ, एक थान ल्यापटप, […]

महोत्तरी, जेठ ९ गते । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित नियन्त्रणमा पर्नुभएको छ ।सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । सडक ढलान योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।आयोगले जारी गरेको विज्ञप्तिअनुसार, प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलानसम्बन्धी योजनाको कार्य सम्पन्न भइसकेपछि त्यसको रकम भुक्तानी गर्ने बेलामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख र हैरानी दिँदै आएका थिए । सोही क्रममा उनले काम गरिदिए बापत सेवाग्राही

जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालयले नियन्त्रणमा लिएकाे छ। एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई शुक्रबार नियन्त्रणमा