स्कूल बसले किच्दा झापामा ४ वर्षीय बालकको मृत्यु
झापाको गौरादह नगरपालिकामा स्कूल बसले किच्दा ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । झापा प्रहरीका अनुसार बुधबार बेलुका करिब ५ बजेको समयमा गौरादह नगरपालिका-७ स्थित फगेटीमा स्थानीय सजग एकता बोर्डिङ स्कूलको को १ ख ६९४० नम्बरको बसले सोही स्कूलमा अध्ययनरत विद्यार्थी ४ वर्षीय आरोग्य चिमरियालाई किचेको थियो ।स्थानीय खड्ग चिमरियाका छोरा आरोग्यलाई स्कूलबाट घर पुर्याएर ओराल्ने क्रममा सोही बसले किचेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै इ

