Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

विवादका बीच मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीमा लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गर्नुभएको छ। स्थानीय सरकार र मेयर सुशीला शाहीसँगको विवादका बीच कडा सुरक्षा घेराभित्र अस्पतालको औपचारिक उद्घाटन गरिएको हो। सो अवसरमा मुख्यमन्त्री शाहले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिँदै उक्त अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा समेत गर्नुभयो।

Summary by Jayaman

3publishers
6headlines
Span: 10 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

मेयरको बिरोधबीच मुख्यमन्त्री प्रादेशिक अस्पताल उद्घाटन गर्दै, ठूलो संख्यामा प्रहरी परिचालन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केहीबेरमा लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने तयारी गरेका छन् ।

Coverage

5 more headlines since

first · 28 Maylatest · 6d ago
    1. लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन, ट्रमा सेन्टर बनाउने मुख्यमन्त्रीको घोषणा

      प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताए ।

    2. विवादकाबिच मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन

      धनगढी। लामो समयदेखिको विवाद र खिचातानीबिच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहकाबिच अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल उद्घाटनको समयमा सम्भावित अवरोधलाई मध्यनजर गर्दै अस्पताल परिसरमा नेपाल प्रहरी

      Ratopati logoRatopatiPrivatestory6 publishers
    3. अब विवाद होइन, नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लागौं: मुख्यमन्त्री शाह

      कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको बताएका छन् । कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै उनले अब विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताएका हुन् । लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले प्रादेशिक अस्पताल बनाउने भन्दै गरेको निर्णयविरुद्ध अहिले आफैंले विरोध सुरु गरेपछि अस्पताल विवादमा तानिएको थियो। […]

    4. सुरक्षा घेराभित्र मुख्यमन्त्रीले उद्घाटन गरे प्रादेशिक अस्पताल, नगर प्रहरीलाई ‘छेकबार’

      सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन् । नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् ।

    5. विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन

      १४ जेठ, कैलाली । स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच आज बिहान अस्पताल उदघाटन गरेका हुन् । विवाद कायम रहेका बेला अस्पताल उदघाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सडक क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडा […]

Chief Minister Shah Inaugurates Lamkichuha Provincial Hospital Amid Local Dispute · K cha khabar