Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

नेपाली सेनाद्वारा रुपन्देहीमा निर्मित विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाको तारादल गणले रुपन्देहीको रोहिणी गाउँपालिकास्थित राम आधारभूत विद्यालयका लागि दुई कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ। 'क्वीआईपी' आयोजना अन्तर्गत निर्मित उक्त भवन विद्यालयका पुराना कक्षाकोठा जीर्ण भएपछि पठनपाठनमा सहजता ल्याउन बनाइएको हो। बुधबार आयोजित एक कार्यक्रममा मध्य पश्चिम पृतनाका पृतनापतिले सो भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो।

Summary by Jayaman

2publishers
2headlines
Span: 13 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

नेपाली सेनाद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

काठमाडौँ- नेपाली सेनाको तारादल गणद्वारा शिघ्र प्रभावी आयोजना (क्वीआईपी) अन्तर्गत निर्माण गरिएको विद्यालय भवन रुपन्देहीको रोहिणी गाउँपालिका-२, मैनिहवास्थित राम आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ। दुईवटा कक्षा सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको उक्त भवन मध्य पश्चिम पृतनाका पृतनापतिले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। विद्यालयमा शैक्षिक पूर्वाधार सुदृढीकरण तथा विद्यार्थीलाई सहज […]

Coverage

1 more headline since

    1. नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

      भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली

      Ratopati logoRatopatiPrivatestory2 publishers
Nepal Army Hands Over New School Building in Rupandehi District · K cha khabar