
कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस
काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए । उनले सगरमाथा र नेपालका अन्य हिमालको आरोहण गर्ने उपस्थित सबै कोरियाली पर्वतारोहीलाई हार्दिक बधाई दिँदै […]
