नेपालमा पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस दिवस मनाइयो
१६ जेठ, काठमाडौं । शरीरभित्र रहेको एन्टिबडीले शरीरलाई नै नचिनेर नसाको झिल्ली बिगार्ने रोगलाई ‘मल्टिपल स्क्लेरोसिस’ भनिन्छ । नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस मनाइएको छ । ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा दिवस मनाइएको हो । यो दिवस संसारभर मे ३० मा मनाउने गरिन्छ । विश्वभर ८ […]
