Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 10h ago

भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार गरी स्वदेश फिर्ता

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा आकर्षक जागिरको प्रलोभनमा पारेर बन्धक बनाइएका ४५३ जना नेपाली नागरिकलाई सकुशल उद्धार गरी बेलहिया नाका हुँदै स्वदेश ल्याइएको छ। अवैध नेटवर्किङ व्यवसायमा संलग्न गराउन उनीहरूलाई बन्धक बनाइएको र दिल्लीस्थित नेपाली दूतावास, लुम्बिनी प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको समन्वयमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो। उद्धार गरिएकाहरूलाई हाल भैरहवामा राखिएको छ र प्रहरीले उनीहरूलाई ठगी गर्ने गिरोहमाथि थप अनुसन्धान सुरु गरेको छ।

Summary by Jayaman

9publishers
12headlines
2in last 24h
Span: 2d 22hNE onlyUpdated 10h ago
Covered by
+1
Broke on K cha khabarLokaantar logoLokaantar

भारतको कुशीनगरमा बन्धक बनाइएका ४६३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै नेपाल ल्याइयो

आकर्षक जागिर र राम्रो कमाइको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४६३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धनमुक्त गराई नेपाल ल्याएको हो।रुपन्देहीका प्रहरी प्रमुख (एसपी) जनक शाहीका अनुसार उद्धार गरिएका सबै नागरिक र उनीहरूलाई बन्धक बनाउने गिरोहलाई आठ वटा भारतीय बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। हाल उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ।ने

story12 publishers
Coverage

11 more headlines since

first · 3d agolatest · 11h ago
  1. 3–12 hours ago
    1. श्रम शोषण तथा ठगीमा परेका ४५३ नेपालीको भारतबाट उद्धार, १९ जना नियन्त्रणमा

      भारतीय सीमावर्ती क्षेत्रमा श्रम शोषण तथा ठगीमा परेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs12 publishers
    2. भारतमा फसेका ४५३ नेपालीको उद्धार गरी रुपन्देही प्रहरीलाई बुझाइयो

      काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेको र त्यहाँ अनुचित काममा लगाइएका ४५३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार गत शनिबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । भारत सरकारका सम्बन्धित निकाय तथा गैर सरकारी संस्थासँगको समन्वयमा उद्धार कार्य सम्पन्न भएको दूतावासले जनाएको छ । त्यस […]

  2. Older
    1. कुशीनगरबाट ४५३ नेपाली उद्धार घटना : नेटवर्किङमा लाग्न बाध्य पारेर ‘बन्धक’

      काठमाडौँ । रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएका ४५३ जनालाई नेपाल फर्काइएको छ । उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल कुशीनगर पुगेका थिए

      Ratopati logoRatopatiPrivatestory12 publishers
    2. भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल

      राम्रो जागिर र तलब पाउने प्रलोभन देखाएर कुशिनगर लगेर बन्धक बनाइएका नेपाली युवाहरूलाई शनिबार उद्धार गरी नेपाल ल्याइएको छ।

      Setopati logoSetopatiPrivatesocial12 publishers
    3. बन्धक बनाएर फिरौती माग्ने गिरोह प्रहरी फन्दामा, आकर्षक जागिर र राम्रो कमाईको प्रलोभनमा फसाईएका ४ सय ५३ नेपालीको भारतवार उद्धार

      बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ नेपालीलाई जिल्ला प्रहरी कार्यालय,रुपन्देही ल्याइएको छ । उनिहरूलाई बेलहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालय रूपन्देही ल्याएर पीडित र पीडक वारे छुट्याउन छानबिन थालिएको प्रहरीले जनाएको छ । भारतबाट आठ वटा बसमा सिधैं जिल्ला प्रहरी पुर्याइएका उनीहरुलाई पालैपालो बसबाट उतारेर अनुसन्धान भइरहेको छ ।उनिहरूलाई शनिवार […]

    4. भारतको कुशीनगरबाट नेपालीको उद्धार

      भैरहवा समाचारदाताभैरहवा, जेठ १७ गते । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशङ्कामा उद्धार गरिएका ४५३ नेपालीमाथि अनुसन्धान सुरु ग...

    5. कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

      काठमाडौं । आकर्षक रोजगारी र उच्च आम्दानीको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा पुर्‍याई बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरी नेपाल पठाइएको तथा रूपन्देही प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ। रोजगारीको प्रलोभनमा ठगी गर्ने गिरोहमाथि अनुसन्धान सुरु दूतावासका अनुसार रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर नेपाली नागरिकलाई भारतका विभिन्न […] The post कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. भारतबाट ४५३ नेपालीको उद्धार

      कपिल ज्ञवालीसिद्धार्थनगर,जेठ १६ गते । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ ।भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्...

    7. आकर्षक जागिरकाे प्रलोभन देखाएर भारतमा लगेका ४५३ जना नेपालीको उद्धार

      बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो । आठ वटा बसमार्फत उनीहरूलाई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    8. भारतको कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपाली स्वदेश फर्किए, आफन्तको जिम्मा लगाउने तयारी

      भैरहवा । रोजगारी, आकर्षक आम्दानी र विभिन्न प्रलोभन देखाएर भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा लगेर बन्धक बनाइएका ४५३ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष समन्वयात्मक अभियानमार्फत उनीहरूलाई शुक्रबार राति उद्धार गरी नेपाल ल्याइएको हो । उद्धार गरिएका सबै नेपालीलाई रुपन्देही हुँदै नेपाल भित्र्याइएको छ। हाल […]

    9. भारतबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता

      बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूलाई भारतको

      Ratopati logoRatopatiPrivatestory12 publishers
Over 450 Nepalis Rescued from Captivity in Kushinagar India · K cha khabar